पत्रकारद्वय ढुंगाना र कँडेलले क्षमायाचना गरेपछि जेलमुक्त
सर्वोच्च अदालतबाट अदालतको अवहेलनामा सजाय पाएपछि गत असोज १३ गते सिधा कुरा डटकमका पत्रकार ढुंगाना र कँडेललाई जेल पठाइएको थियो ।काठमाडौँ, असोज २० : अदालतको अवहेलनामा सजाय पाएर थुनामा रहेका पत्रकारद्वय नवीन ढुंगाना र युवराज कँडेल माफी मागेर थुनामुक्त भएका छन् ।
सर्वोच्च अदालतबाट अदालतको अवहेलनामा सजाय पाएपछि गत असोज १३ गते सिधा कुरा डटकमका पत्रकार ढुंगाना र कँडेललाई जेल पठाइएको थियो ।
सर्वोच्च अदालतको ९ सदस्यीय बृहत् पूर्ण इजलासले ‘डार्क फाइल’ का नाममा फेक अडियो बनाएको अभियोगमा राजकुमार तिमल्सिनालाई ६ महिना, सिधा कुरा अनलाइनका कार्यकारी सम्पादक रहेका ढुंगाना र प्रकाशक युवराज कँडेललाई जनही तीन तीन महिना कैद सजाय तोकिएको थियो । ढुंगाना र कँडेलले जेलबाटै लिखित निवेदन दिएर क्षमायाचना गरेका थिए ।
सर्वोच्चको फैसलामा प्रकाशक र सम्पादकले मार्फ मागेमा तोकिएको सजाय घटाएर ७ दिन कायम हुने भनिएको थियो । क्षमायाचनाको पत्र कारागारमा पुगेसँगै ढुंगाना र कँडेल छुटेका हुन् ।
प्रकाशित मिति: १६:०३ बजे, आइतबार, असोज २०, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपाल प्रहरीका पाँच एसएसपीलाई डिआइजीमा बढुवा गर्न सिफारिसबिहीबार, पुस १८, २०८१
पूर्वराष्ट्रपति भण्डारीलाई भेट्न बूढानीलकण्ठ पुगे प्रधानमन्त्री ओलीबिहीबार, पुस १८, २०८१
अख्तियारको पहुँच र अधिकार क्षेत्र फराकिलो बनाउने तयारी बिहीबार, पुस १८, २०८१
ऐन निर्माणमा ख्याल नगर्दा विश्वविद्यालय सञ्चालनमा समस्या हुन सक्छ: शिक्षामन्त्रीबिहीबार, पुस १८, २०८१