Kathmandu Press

दशैंका लागि ६ दिनमा झण्डै चार लाखले छाडे उपत्यका 

उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार आइतबार दिउँसोसम्म ६ दिनको अवधिमा तीन लाख ८० हजार, एक सय ६४ जनाले काठमाडौं उपत्यका छाडेका हुन् ।
दशैंका लागि ६ दिनमा झण्डै चार लाखले छाडे उपत्यका 

काठमाडौँ, असोज २० : दशैं शुरु भएपछि करिव चार लाख मानिसले उपत्यका छाडेका छन् । असोज १४ देखि २० गते दिउँसोसम्म चार लाखको काठमाडौं छाडेका हुन् । 

उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार आइतबार दिउँसोसम्म ६ दिनको अवधिमा तीन लाख ८० हजार, एक सय ६४ जनाले काठमाडौं उपत्यका छाडेका हुन् ।

Hardik ivf

बर्षा रोकिएसँगै थानकोटहुँदै बाहिरिने यात्रुको चाप पनि बढेको छ । तर काठमाडौं भित्रिने यात्रुको संख्या भने न्यून हुँदै गएको छ । ६ दिनको अवधिमा दुई लाख ६० हजार ६ सय २९ जना मात्र काठमाडौं भित्रिएका छन् । 

यतिबेला थानकोट र नागढुंगामा सवारी आउने जाने चाप बढेको छ । बाढी पहिरोका कारण झण्डै पाँच सय सवारी साधन काभ्रेको रोशीमा रोकिएका छन् । यता, दक्षिणकाली फर्पिङतर्फको सडक पनि पहिरोका कारण अवरुद्ध बनेको प्रहरीले जनाएको छ । 
 

प्रकाशित मिति: १५:५८ बजे, आइतबार, असोज २०, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्