नवनियुक्त प्रधानन्यायाधीश राउतले लिए शपथ
राष्ट्रपति भवन शीतल निवासमा आइतबार आयोजित कार्यक्रममा प्रधानन्यायाधीश राउतले आफ्नो पद तथा गोपनीयताको शपथ लिएका हुन् ।काठमाडौँ, असोज २० : राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतलााई पद तथा गोपनीयताको शपथ गराएका छन् ।
राष्ट्रपति भवन शीतल निवासमा आइतबार आयोजित कार्यक्रममा प्रधानन्यायाधीश राउतले आफ्नो पद तथा गोपनीयताको शपथ लिएका हुन् । यसअघि राष्ट्रपति पौडेलले राउतलाई आइतबारै प्रधानन्यायाधीश पदमा नियुक्त गरेका थिए ।
शपथग्रहण समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख देवराज दाहाल, राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाल, उपप्रधानमन्त्री, उपसभामुख, मन्त्रीहरू, सर्वाेच्च अदालतका न्यायाधीशहरू, संवैधानिक अंगका प्रमुख, सुरक्षा निकायका प्रमुखलगायत उच्च पदस्थ अधिकारीको उपस्थिती रहेको थियो ।
प्रकाशित मिति: १४:३५ बजे, आइतबार, असोज २०, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नौ वर्षपछि दोदा नदीको पुल निर्माणले गति लिँदैशुक्रबार, पुस १९, २०८१
विश्व बैंकका तीन सडक एकसाथ स्तरोन्नतिशुक्रबार, पुस १९, २०८१
आज देशभरको मौसम सफा रहने पूर्वानुमानशुक्रबार, पुस १९, २०८१
नेपाल प्रहरीका पाँच एसएसपीलाई डिआइजीमा बढुवा गर्न सिफारिसबिहीबार, पुस १८, २०८१