प्रधानन्यायाधीशमा प्रकाशमान सिंह राउत नियुक्त
राष्ट्रपतिले संविधानको धारा १२९ को उपधारा २ बमोजिम संवैधानिक परिषद्को सिफारिसमा उनलाई आइतबार प्रधानन्यायाधीश नियुक्त गरेका हुन् ।काठमाडौ, असोज २० : राष्ट्रपति रामचन्द्र पौडेलले प्रकाशमान सिंह राउतलाई प्रधानन्यायाधीशमा नियुक्त गरेका छन् ।
राष्ट्रपतिले संविधानको धारा १२९ को उपधारा २ बमोजिम संवैधानिक परिषद्को सिफारिसमा उनलाई आइतबार प्रधानन्यायाधीश नियुक्त गरेका हुन् ।
संवैधानिक परिषद्को सिफारिससँगै केही दिनअघि संसदीय सुनुवाइ समितिले उनको नाम अनुमोदन गरेको थियो ।
राष्ट्रपति कार्यालयले उनको आजै शपथको कार्यक्रम तय भएको जनाएको छ ।
प्रकाशित मिति: ११:४८ बजे, आइतबार, असोज २०, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
अवरुद्ध भएको राहदानी सेवा सञ्चालनमामंगलबार, मंसिर ११, २०८१
आजको मौसम : तराईका केही स्थानमा हल्का हुस्सुमंगलबार, मंसिर ११, २०८१
अफवाह फैलाउने १० युट्युब च्यानल परे कारबाहीमासोमबार, मंसिर १०, २०८१
कोशीका सांसद लिलाबल्लभ अधिकारी हिरासतमुक्तसोमबार, मंसिर १०, २०८१