Kathmandu Press

दिपक सिलवालको अनसन अन्त्य, हवाई उद्धारबारे समिक्षा

शनिबार गृह मन्त्रालयमा गृह मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, महिला तथा ज्येष्ठ नागरिक मन्त्रालयका प्रतिनिधिहरुबीच सहमति भएपछि सिलवालले अनसन तोडेका हुन्।  
दिपक सिलवालको अनसन अन्त्य, हवाई उद्धारबारे समिक्षा

काठमाडौं, असोज १९ : विगत लामो समयदेखि आपतकालीन हवाई उद्धारलाई प्रभावकारी बनाउन अनसनरत दिपक सिलवालले अनसन अन्त्य गरेका छन्। 

शनिबार गृह मन्त्रालयमा गृह मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, महिला तथा ज्येष्ठ नागरिक मन्त्रालयका प्रतिनिधिहरुबीच सहमति भएपछि सिलवालले अनसन तोडेका हुन्।  

Hardik ivf

ग्रामिण भेगमा नागरिकहरुको स्वास्थ्य उपचारका लागि आपतकालीन हेली उद्धार तथा संरक्षणको माग राखी २०८१ भदौ २१ गतेदेखि तेह्रथुम जिल्लाको फेदाप गाउँपालिका–५ का ४२ वर्षीय दीपक सिलवाल आमरण अनशनमा थिए। 

उक्त छलफलमा मानव सेवाको पवित्र प्रयासलाई उच्च सराहना सहित धन्यबाद व्यक्त गर्दै जारी आमरण अनसनलाई सरकारले गम्भीरतापूर्वक लिएको जानकारी गराइएको छ। 

सरकार गर्भवती तथा सुत्केरी महिलाहरु विपद् एवम् आकस्मिक घटनाहरुका कारण घाइते भई सधन उपचार आवश्यक भएकाहरुको आपतकालीन हवाई उद्धार गर्नुपर्ने विषयमा संवेदनशील रहेको पनि जानकारी गराइएको छ। 

छलफलमा हाल महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयबाट दुर्गम क्षेत्रका ज्यान जोखिममा परेको गर्भवती तवा सुत्केरी महिलाहरुका लागि हवाई उद्धार सम्बन्धी कार्यविधि २०७७ बमोजिम गर्भवती तथा सुत्केरी महिलाहरुको उद्धार भइरहेको, गृह मन्त्रालय अन्तर्गतको केन्द्रीय विपद व्यवस्थापन कोषमार्फत विपद् तथा आकस्मिक घटनामा परेकाहरुको बावश्यकता अनुसार हवाई उद्धार भइरहेको, प्रदेश सरकार तथा स्थानीय तहहरुबाट समेत आपतकालीन उद्धारको समन्वय भइरहेको समिक्षा गरिएको छ।  

काठमाडौंका अतिरिक्त पश्चिम क्षेत्रमा सुर्खेत र पूर्वी क्षेत्रमा इटहरीमा देश नेपाली सेनाको हेलिकप्टर आपतकालीन उद्धारमा प्राथमिकताका साथ उपयोग गर्ने व्यवस्था मिलाइएको समेत समिक्षा गरियो।

छलफलमा आपतकालीन हवाई उद्धारलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र गृह मन्त्रालयले आवश्यक स्रोत साधन र प्रतिबद्ध संयन्त्रको व्यवस्था गरी थप प्रभावकारी बनाउने पनि विश्वास पनि दिलाइएको छ। 

प्रकाशित मिति: १८:१४ बजे, शनिबार, असोज १९, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्