Kathmandu Press

विश्व कराते च्याम्पियनसिपमा एरिकाले खेल्ने

असोज २३ देखि २७ गतेसम्म इटालीको भेनिसमा हुने प्रतियोगितामा नेपालबाट सहभागी हुने एरिका एक्ली खेलाडी हुन्।
विश्व कराते च्याम्पियनसिपमा एरिकाले खेल्ने

काठमाडौं, असोज १९ : नेपाली कराते स्टार एरिका गुरुङले १३औं विश्व कराते च्याम्पिन्सिपमा प्रतिस्पर्धा गर्ने भएकी छिन्। 

असोज २३ देखि २७ गतेसम्म इटालीको भेनिसमा हुने प्रतियोगितामा नेपालबाट सहभागी हुने एरिका एक्ली खेलाडी हुन्।

प्रतियोगितामा सहभागी हुने एरिकासहित ४ सदस्यीय नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङ, नेपाल कराते महासंघका अध्यक्ष युवराज लामा र महासचिव दावा गुरुङले शुक्रबार एक कार्यक्रमबीच बिदाई गरे। 

सोही अवसरमा जितेन्द्रमान गुरुङ र विशाल चौलागाईंले प्रायोजन गरेको किट्स र ट्रयाकसुट पनि टोलीलाई हस्तान्तरण गरिएको थियो। टोलीमा एरिकासँगै प्रशिक्षक कुशल श्रेष्ठ, अफिसियलमा तारा गुरुङ र सन्तोष श्रेष्ठ छन्। टोली शनिबार प्रस्थान गर्ने छ।

एरिकाले यु–२१ उमेरसमूहको महिला ६८ केजीमाथि तौलसमूहमा नेपालको चुनौती प्रस्तुत गर्ने छिन् । एरिकाको खेल असोज २३ मै छ। यो स्पर्धाको सेमिफाइनल र फाइनल असोज २७ गते हुनेछ। 

क्याडेट र जुनियरको पनि प्रतिस्पर्धा हुने प्रतियोगितामा ११३ राष्ट्रका १ हजार ९ सय ९५ खेलाडीको सहभागिता रहने छ।

प्रकाशित मिति: १४:१२ बजे, शनिबार, असोज १९, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्