काठमाडौंबाट लमजुङ जाँदै गरेको गाडी नुवाकोटमा दुर्घटनाग्रस्त, चालकको मृत्यु
घाइतेमध्ये एक जना पुरुषको अवस्था गम्भीर रहेको छ । बा १४ च ३८५५ नम्बरको गाडी आज बिहान करिब ८ बजे टोखा छहरे सडक खण्डबाट करिब ५०० मिटर तल खस्दा चालकको मृत्यु भएको हो ।
काठमाडौं, असोज १९ : कठमाडौंबाट लमजुङ जाँदै गरेको हायलक्स गाडी आज बिहान नुवाकोटको काफलडाँडामा दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । दुर्घटनामा दुई जना घाइते भएका छन् ।
घाइतेमध्ये एक जना पुरुषको अवस्था गम्भीर रहेको छ । बा १४ च ३८५५ नम्बरको गाडी आज बिहान करिब ८ बजे टोखा छहरे सडक खण्डबाट करिब ५०० मिटर तल खस्दा चालकको मृत्यु भएको हो । उनको सनाखत नभएको प्रहरीले जनाएको छ ।
यही असोज ११ र १२ गते भएको भारी वर्षाका कारण पहिरो जाँदा नागढुंगातर्फको बाटोमा घण्टौं जाम हुने र जोखिमपूर्ण पनि भएको भन्दै धेरै सवारी चालकहरुले टोखा–छहरे सडक प्रयोग गर्ने गरेका छन् ।
गाडीमा ४ पुरुष र २ महिला गरी जम्मा ६ जना थिए ।
प्रकाशित मिति: १२:२० बजे, शनिबार, असोज १९, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार








![नागपञ्चमीमा नागपोखरीमा घुइँचो [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-2_35e97f29-1786951596.jpg)


