Kathmandu Press

उद्धार कोषमा एकैदिन साढे तीन करोड हस्तान्तरण

कोषमा कृषि विकास बैंकले एक करोड ५० लाख, नागरिक लगानी कोषले ५१ लाख, एसबिआइ बैंकले २५ लाख, लाइफ इन्स्योरेन्स कर्पोरेशनले ३१ लख रुपैयाँ उद्धार कोषमा हस्तान्तरण गरे।
उद्धार कोषमा एकैदिन साढे तीन करोड हस्तान्तरण

काठमाडौं, असोज १९ : प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आज एकैदिन रु तीन करोडभन्दा बढी रकम हस्तान्तरण भएको छ। 

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री केपी ओलीलाई भेटेर विभिन्न सरकारी र निजी क्षेत्रका वित्तीय संस्थाका अध्यक्ष एवं प्रमुख कार्यकारी अधिकृतले शुक्रबार आफ्नो संस्थागत सहयोगको चेक हस्तान्तरण गरेका हुन्। 

कोषमा कृषि विकास बैंकले एक करोड ५० लाख, नागरिक लगानी कोषले ५१ लाख, एसबिआइ बैंकले २५ लाख, लाइफ इन्स्योरेन्स कर्पोरेशनले ३१ लख रुपैयाँ उद्धार कोषमा हस्तान्तरण गरे। यस्तै, नेपाल पूर्वाधार विकास बैंकले २५ लाख, ओरियन्टल इन्स्योरेन्सले १५ लाख, सिमेक्स इन्क प्रालि (बिवाइडी) कम्पनीले ५१ लख रुपैयाँ कोषमा हस्तान्तरण भएको हो।

अवसरमा प्रधानमन्त्री ओलीले धन्यवाद दिँदै बाढी, पहिरो र डुबानका कारण भएको ठूलो धनजनको क्षति भएकाले प्राप्त सहयोगबाट राहत वितरणमा योगदान पुग्ने विश्वास व्यक्त गरे। उनले किसानहरुको पाकिसकेको बालीसमेत प्रभावित भएकाले त्यसको विस्तृत विवरण आउन बाँकी रहेको बताए। 

मन्त्रिपरिषद्को गत सोमबारको बैठकले उक्त कोषमा प्रारम्भिकरुपमा रु एक अर्ब रकम जम्मा गर्ने निर्णय गरेको थियो। कोषमा अन्य संस्था र व्यक्तिहरुबाट पनि सहयोगको क्रम जारी रहेको छ।

 

प्रकाशित मिति: ०६:५५ बजे, शनिबार, असोज १९, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्