Kathmandu Press

हनि ट्रयापिङमा संलग्न प्रहरी निरिक्षक शाहीलाई निलम्बन गर्न गृहको सिफारिस 

छानविनमा रहेकी शाहीलाई प्रहरी प्रधान कार्यालयको सिफारिसका आधारमा निलम्बनको निर्णय गरिएको हो। 
हनि ट्रयापिङमा संलग्न प्रहरी निरिक्षक शाहीलाई निलम्बन गर्न गृहको सिफारिस 

काठमाडौं, असोज १८ : ‘हनि ट्रयापिङ’ गिरोहसँग मिलेर पैसा असुलेको आरोप लागेकी प्रहरी निरिक्षक बिनुकुमारी शाहीलाई गृह मन्त्रालयले शुक्रबार निलम्बनको कारबाही गरेको छ। 

छानविनमा रहेकी शाहीलाई प्रहरी प्रधान कार्यालयको सिफारिसका आधारमा निलम्बनको निर्णय गरिएको हो। 

शाही प्रहरी प्रभाग भैँसेपाटीको प्रमुख रहँदा गएको असोज ७ गते एक व्यवसायीलाई पक्राउ गर्दै बलात्कार मुद्दामा फसाइदिने नाममा पैसा लेनदेन गर्दै छाडेको प्रारम्भिक छानविनमा खुलेपछि निलम्बन सिफारिस भएको थियो। 

प्रारम्भिक छानविनमा शाहीले ३० लाख रुपैयाँ लेनदेन गरेको खुलेको छ। 

उक्त प्रकरणमा मुछिएका थप तीनजनालाई जिल्ला प्रहरी परिसर, ललितपुरले थुनामा राखेर अनुसन्धान गरिरहेको छ। 
 

प्रकाशित मिति: १९:४२ बजे, शुक्रबार, असोज १८, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्