Kathmandu Press

रवि लामिछानेविरूद्ध चितवनमै नाराबाजी

चितवनको इच्छाकामना गाउँपालिका, मुग्लिनमा रास्वपाको सार्वजनिक सुनुवाइ कार्यक्रम सकेर बाहिरिने क्रममा सहकारी पीडितहरूले नाराबाजी र प्रदर्शन गरेका हुन् ।
रवि लामिछानेविरूद्ध चितवनमै नाराबाजी
मुग्लिनमा आयोजित सार्वजनिक सुनुवाइ कार्यक्रम। तस्बिरः रासस।

चितवन, असोज १८ । सहकारीमा ठगिएका पीडितले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्ध चितवनमा नाराबाजी र प्रदर्शन गरेका छन् ।

चितवनको इच्छाकामना गाउँपालिका, मुग्लिनमा रास्वपाको सार्वजनिक सुनुवाइ कार्यक्रम सकेर बाहिरिने क्रममा सहकारी पीडितहरूले लामिछानेविरूद्ध नाराबाजी र प्रदर्शन गरेका हुन् ।

पीडितले कालो ब्यानर र कालो झण्डा देखाउँदै लामिछानेविरुद्ध नाराबाजी गरे। नाराबाजी गरेपछि प्रहरीले लामिछानेलाई सुरक्षित रुपमा कार्यक्रमस्थलबाट बाहिर ल्याएको छ । 

पीडितले ‘नयाँ पार्टीको नयाँ काम, सहकारीको पैसा झ्वाम’, ‘स्टन्टबाजी बन्द गर, सहकारीको पैसा फिर्ता गर,’ ‘श्रमजीवी जनताको पैसा खान पाइँदैन, गरिब मार्न पाइँदैन’, ‘सहकारी पीडितलाई न्याय दे, ‘सहकारीको पैसा फिर्ता गर’ जस्ता नारा लगाउँदै लामिछानेविरुद्ध आक्रोश पोखेका थिए । 
 

प्रकाशित मिति: १८:४१ बजे, शुक्रबार, असोज १८, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्