Kathmandu Press

रूबी खानसहित ३ जनालाई प्रहरीले लियो नियन्त्रणमा

रूबी खानसहित तीन जनालाई काठमाडौं प्रहरीले नियन्त्रणमा लिएको छ।            
रूबी खानसहित ३ जनालाई प्रहरीले लियो नियन्त्रणमा

काठमाडौं, असोज १८ । रूबी खानसहित तीन जनालाई काठमाडौं प्रहरीले नियन्त्रणमा लिएको छ।            

बिहीबार अपराह्रन सिंहदरबारको दक्षिण गेटअगाडि प्रदर्शन गर्ने पुगेका खानसहित तीन जनालाई नियन्त्रणमा लिइएको काठमाडौं प्रहरी परिसरले जनाएको छ। 

निषेधित क्षेत्रमा प्रदर्शन गरेकाले उनीहरूलाई नियन्त्रणमा लिइएको परिसरले जनाएको छ। 

रूबी खान, ललिता थारू र गीता चमार गरी तीन जनालाई सिंहदरबार वृत्तमा राखिएको छ। 

उनीहरू निर्मला कुर्मीको हत्यारालाई कारबाही माग गर्दै ५८ दिनदेखि  माइतीघरमा धर्ना दिँदै आएका छन्। 

माइतीघरको धर्नालाई सरकारले बेवास्ता गरेपछि  सिंहदरबार अगाडि प्रदर्शन गर्न गएको उनीहरूले बताएका छन्। 

 

प्रकाशित मिति: १८:२५ बजे, शुक्रबार, असोज १८, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्