बलिउड निर्माता मोरानीको दोस्रो परीक्षणमा पनि कोरोना
काठमाडौं, वैशाख ३ : बलिउड फिल्म निर्माता करिम मोरानीको दोस्रो पटकको परीक्षणमा पनि कोरोना भाइरसको संक्रमण देखिएको छ।
बलिउडका चर्चित ‘रा....

काठमाडौं, वैशाख ३ : बलिउड फिल्म निर्माता करिम मोरानीको दोस्रो पटकको परीक्षणमा पनि कोरोना भाइरसको संक्रमण देखिएको छ।
बलिउडका चर्चित ‘रा वन’ र ‘चेन्नई एक्सप्रेस’लगायतका फिल्म निर्माता मोरानीलाई कोरोना संक्रमण भएको थियो । ६० वर्षीय मोराना एक सातादेखि मुम्बईको नानावटी अस्पतालमा उपचार गराइरहेका छन्।
उनका दुई छोरीमा पनि कोरोना देखिएको थियो। उनीहरु उपचार भइरहेकाे छ। तीनै बाबुछाेरीकाे स्वास्थ्य अवस्था सामान्य रहेको जनाएको छ।
उनलाई कुनै लक्षण देखिएका थिएनन्। कोरोना परीक्षण गर्दा पोजिटिभ देखिएको थियो।
प्रकाशित मिति: १६:०० बजे, बुधबार, वैशाख ३, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार












