खसी बजारमा खसी-बोकाको मोलमोलाइ (तस्बिरहरू)
काठमाडौंमा अघिल्लो वर्षभन्दा बढी खसीबोका बिक्री हुने आशामा व्यापारी-1728041334.jpg)
काठमाडौं, असोज १८ । दसैँ सुरू भएसँगै काठमाडौंमा खसी-बोकाको व्यापार सुरू भएको छ।
काठमाडौं उपत्यका आसपासका जिल्लाहरूबाट काठमाडौंमा धमाधम खसी-बोका भित्रिन थालेको छ।
कलंकी र भृकुटीमण्डपको खसी बजारमा विभिन्न ठाउँबाट ल्याइएका खसी-बोकाहरू बिक्रीका लागि राखिएका छन्।
खसी बोका किन्ने ग्राहकहरुको चहलपहल पनि दैनिक बढ्दो देखिएको छ।
यसपालि दसैँको मुखमै ठूलो पानी पर्दा अघिल्लो वर्षहरूको जस्तो दसैँको चहलपहल भने नदेखिएको व्यापारीहरू बताउँछन्।
यद्यपि बाटोकै कारण यसपालि काठमाडौं बाहिरिनेको संख्या पोहोरभन्दा कम हुन सक्ने आकलन गरिएको छ।
त्यसो हुँदा यसअघिका वर्षहरूमा भन्दा बढी खसी बोका बिक्री हुने अपेक्षा व्यापारीहरूको छ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनीले पनि यसपालिको चाडपर्वमा १८ सय वटा खसीबोका र च्यांग्रा ल्याउने भनेको थियो।
दसैं–तिहारलाई लक्षित गरेर १५ सय खसीबोका र तीन सय गोटा च्यांग्रा ल्याउने भनेको थियो।
हेर्नुस् कलंकीस्थित खसीबजारको चहलपहलः
-1728041257.jpg)
-1728041257.jpg)
-1728041257.jpg)
-1728041258.jpg)
-1728041258.jpg)
-1728041262.jpg)
-1728041300.jpg)
-1728041334.jpg)
-1728041335.jpg)
-1728041355.jpg)
-1728041363.jpg)
-1728041363.jpg)
-1728041364.jpg)
-1728041364.jpg)
-1728041365.jpg)
-1728041365.jpg)
-1728041366.jpg)
सबै तस्वीरः नेपाल न्युज ब्यांक।












