Kathmandu Press

पुनर्निर्माणका लागि २० देखि २५ अर्ब लाग्ने मन्त्री दाहालको भनाई 

व्यक्तिका घर तथा सार्वजनिक सडकमा पुगेको क्षति पुनर्निर्माणका लागि २० देखि २५ अर्ब रुपैयाँ लाग्ने अनुमान मन्त्री दाहालले प्रश्तुत गरेका थिए। 
पुनर्निर्माणका लागि २० देखि २५ अर्ब लाग्ने मन्त्री दाहालको भनाई 

काठमाडौं, असोज १८ : भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री देवेन्द्र दाहालले बाढी पहिरोबाट भएको क्षतिको पुनर्निर्माणका लागि २० देखि २५ अर्ब रुपैयाँ लाग्ने बताएका छन्। 

प्रतिनिधि सभा अन्तर्गत रहेको पूर्वाधार विकास समितिको बैठकमा मन्त्री दाहालले उक्त विवरण राखेका हुन्। व्यक्तिका घर तथा सार्वजनिक सडकमा पुगेको क्षति पुनर्निर्माणका लागि २० देखि २५ अर्ब रुपैयाँ लाग्ने अनुमान मन्त्री दाहालले प्रश्तुत गरेका थिए। 

पूर्वाधार विकास समितिको बैठकमा मन्त्री दाहालले वीपी राजमार्ग मात्रै १२ किलोमिटर भत्किएको बताए । यस बाहेक अन्य पुल तथा राजमार्ग र व्यक्तिका घर समेतको पुनर्निर्माणका लागि ठुलो धनराशि खर्च लाग्ने आुमान उनले प्रश्तुत गरेका हुन्।

उक्त रकममध्ये सरकारले कोष बनाएर १ अर्ब रुपैयाँ राखेको जानकारीदिँदै मन्त्रीहरूको एक महिनाको तलब, कांग्रेस एमालेका सांसदहरूबाट राहात कोषमा रकम दिने निर्णय भएको बताउँदै मन्त्री दाहालले बाढी पहिरोका कारण अवरुद्ध भएका राजमार्गहरू खुलाउन काम भइरहेको पनि बताए। 

प्रकाशित मिति: १५:२९ बजे, शुक्रबार, असोज १८, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्