Kathmandu Press

चिकित्सा आयोगमाथि प्रश्न उठाउँदै डा.केसीले दिए सत्याग्रहको चेतावनी 

डा.केसीले शुक्रबार एक विज्ञप्ति जारी गर्दै गलत रुपमा आयोगमा भएका कर्मचारीलाई सरुवा गरेको आरोप समेत लगाएका छन्। आयोगले चाँडो आफ्नै कर्मचारी भर्ना प्रकृया शुरु नगरे सत्याग्रह सुरु गर्ने चेतावनी समेत दिएका छन्। 
चिकित्सा आयोगमाथि प्रश्न उठाउँदै डा.केसीले दिए सत्याग्रहको चेतावनी 

काठमाडौं, असोज १८ : डा.गोविन्द केसीले चिकित्सा शिक्षा आयोगलाई शिक्षा मन्त्रालयको एउटा शाखाको रुपमा सन्चालन गरिएको बताउँदै कार्यकारी उपाध्यक्ष र पदाधिकारीले भ्रष्ट कर्मचारीलाई लैजाने प्रकृया थालेको आरोप लगाएका छन्।

केसीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ, ‘आयोगमा आठ महिनाभन्दा बढी समयसम्म निर्देशकहरू नियुक्त नहुँदा पनि कुनै पहल नगरेका आयोगका उपाध्यक्षले विचौलियासँगको मिलोमतोमा ८० प्रतिशत उपसचिव लगायत १० जना कर्मचारीलाई एकैपटक सरुवा गराई आयोगको संस्थागत स्मृतिलाई नामेट गर्ने प्रयत्न गर्दैछन्।’ 

केसीले आयोगका पदाधिकारीहरुले कानुनको मर्म अनुरुप काम नगरेको, मापदण्ड मिचेको, पूर्वाधार पुरा नभएका निजी मेडिकल कलेजलाई सम्बन्धन दिएकोलगायत आरोप समेत लगाएका छन् । 

केसीले आयोगले चाँडो आफ्नै कर्मचारी भर्ना प्रकृया शुरु गर्न सरकारलाई खवरदारी गर्दैअन्यथा सत्याग्रह सुरु गर्ने चेतावनी दिएका छन् ।

प्रकाशित मिति: १५:२६ बजे, शुक्रबार, असोज १८, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्