Kathmandu Press

विपी राजमार्गबाहेक अरु राजमार्ग तीन दिनभित्र पूर्णरुपमा सञ्चालन हुने

उनका अनुसार बाढी पहिरोका कारण ८० राजमार्गमध्ये २४ वटा राजमार्गमा ८०५ स्थानमा पहिरोले क्षति पु¥याएको छ। हाल ७७४ स्थानको पहिरो हटाइए पनि अझै एक दुई दिन लाग्ने छ। 
विपी राजमार्गबाहेक अरु राजमार्ग तीन दिनभित्र पूर्णरुपमा सञ्चालन हुने

काठमाडौं, असोज १८ : आगामी तीन दिनभित्र विपी राजमार्ग बाहेक देशका सम्पूर्ण राजमार्ग सञ्चालनमा ल्याइने भएको छ। 

शुक्रबार प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले उक्त जानकारी गराएका हुन्। 

Hardik ivf

उनका अनुसार बाढी पहिरोका कारण ८० राजमार्गमध्ये २४ वटा राजमार्गमा ८०५ स्थानमा पहिरोले क्षति पु¥याएको छ। हाल ७७४ स्थानको पहिरो हटाइए पनि अझै एक दुई दिन लाग्ने छ। 

शर्माले तीन दिनभित्रै बाढी पहिरोले क्षतिग्रस्त बनाएका राजमार्गहरू सञ्चालनमा ल्याउने तयारी गरिएको बताए । तर, बढी क्षतिग्रस्त बनेको विपी राजमार्ग सञ्चालनमा आउन समय लाग्ने सचिव शर्माको भनाई थियो। 

विपी राजमार्गको १२ किलोमिटर सडक बगेको बताउँदै सचिव शर्माले अस्थायी सडक बनाएर सञ्चालन गर्नसमेत कठिनाइ रहेको जानकारी समितिलाई दिएका छन्। विपी राजमार्गमा झन्डै ५ सयवटा गाडी र ती गाडीमा रहेका झन्डै १ हजार चालक तथा सहचालक फसेको जानकारी दिँदै उनीहरूको उद्धार कार्य भइरहेको शर्माल बताए। 

सचिव शर्माका अनुसार पाँचवटा राजमार्गका २१ स्थानमा पहिरोले अवरुद्ध भएका कारण अवरोध हटाउने प्रयास जारी रहेको छ । शनिबार देखि कान्तिराजपथ पूर्ण सञ्चालनमा आउन सक्ने जनाइएको छ। 

कान्तिराजपथमा नेपाली सेना र सडक विभागका कर्मचारीले सडक मर्मतको काम गरिरहेको जानकारी समितिलाई दिइएको छ।

मन्त्रालयबाट अरनिको राजमार्ग पनि चाँडै सञ्चालनमा ल्याउन प्रयास भइरहेको छ। गत असोज ११ र १२ गतेको बाढी पहिरोका कारण राजमार्गका आठवटा पुल बगाएको छ। सम्भव भएको ठाउँमा बेली ब्रिज लगाएर सडक सुचारु गर्न लागिपरेको जानकारी सचिव शर्माले समितिलाई दिएका छन्। 

प्रकाशित मिति: १४:०५ बजे, शुक्रबार, असोज १८, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्