Kathmandu Press

दशैं अवधिभर मुग्लिन सडकखण्डमा ठूला सवारी साधन चल्न रोक

विभागको निर्णय अनुसार नारायणघाट हुँदै काठमाडौं प्रवेश गर्ने ठूला सवारी साधन दशैं अवधिभर सञ्चालन हुने छैनन्।
दशैं अवधिभर मुग्लिन सडकखण्डमा ठूला सवारी साधन चल्न रोक

काठमाडौं, असोज १८ : यातायात व्यवस्था विभागले मुग्लिन सडकखण्डमा ठूला सवारी साधनमा रोक लगाइएको छ। 

विभागले एक विज्ञप्ति जारी गर्दै चितवनको नारायणघाटदेखि काठमाडौं प्रवेश गर्ने ठूला सवारी साधानमा रोक लगाइएको जनाएको छ।

विभागको निर्णय अनुसार नारायणघाट हुँदै काठमाडौं प्रवेश गर्ने ठूला सवारी साधन दशैं अवधिभर सञ्चालन हुने छैनन्। विभागले दशैंको पूर्णिमासम्म रोक लगाइएको विज्ञप्तिमा उल्लेख गरेको छ। 

खाद्यान्न लगायत अत्यावश्यक सामान बोकेका ढुवानी सवारी साधन भने चल्न दिइने छ। काठमाडौं उपत्यका भित्रिने र बाहिरिने यात्रुलाई सहज र सुरक्षित यात्राका लागि विभागले उक्त कदम चालेको हो। 

प्रकाशित मिति: १३:५९ बजे, शुक्रबार, असोज १८, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्