Kathmandu Press

परराष्ट्रमन्त्री डा. राणा आज स्वदेश फर्कंदै 

परराष्ट्रमन्त्री डा राणा क्यानाडाको टोरन्टोमा आयोजित विश्वका महिला विदेशमन्त्रीहरुको बैठक, अमेरिकाको न्युयोर्कमा आयोजित संयुक्त राष्ट्रसङ्घको ७९औं महासभा र कतारको दोहामा आयोजित एसिडीको तेस्रो सम्मेलनमा सहभागिता जनाएर आज दोहाबाट स्वदेश फर्कन लागेकी हुन्। 
परराष्ट्रमन्त्री डा. राणा आज स्वदेश फर्कंदै 
फाइल तस्बिर।

काठमाडौं, असोज १८ : परराष्ट्रमन्त्री डा आरजु राणा देउवा आज स्वदेश फर्कँदै छिन्। 

परराष्ट्रमन्त्री डा राणा क्यानाडाको टोरन्टोमा आयोजित विश्वका महिला विदेशमन्त्रीहरुको बैठक, अमेरिकाको न्युयोर्कमा आयोजित संयुक्त राष्ट्रसङ्घको ७९औं महासभा र कतारको दोहामा आयोजित एसिडीको तेस्रो सम्मेलनमा सहभागिता जनाएर आज दोहाबाट स्वदेश फर्कन लागेकी हुन्। 

Hardik ivf

सम्मेलनको ‘साइडलाइन’मा परराष्ट्रमन्त्री डा. राणाले बिहीबार विभिन्न देशका उपप्रधानमन्त्री, विदेशमन्त्री एवं मन्त्रीहरुसँग द्विपक्षीय भेटवार्ता गरेकी थिइन्। सम्मेलनमा एसिडी समूहमा आबद्ध एसियाली राष्ट्रहरूका राष्ट्रपति, प्रधानमन्त्री, उपप्रधानमन्त्री, विदेशमन्त्री तथा मन्त्रीहरुको सहभागिता थियो।

सम्मेलनलाई सम्बोधनपछि मन्त्री डा. राणाले बिहीबार किर्गिज गणतन्त्रका उपप्रधानमन्त्री एदिल बैसालभ, म्यान्माका उपप्रधानमन्त्री तथा विदेशमन्त्री यु थान स्वे, साउदी अरेबियाका युवराज एवं विदेशमन्त्री फाइसल बिन फराह अल साउदसँग पनि भेटवार्ता गरेकी थिइन्। 

त्यसैगरी मन्त्री डा. राणासँग संयुक्त अरब इमिरेट्सका वैदेशिक व्यापारसम्बन्धी राज्यमन्त्री डा. थानी अहमद अल जियोदीले पनि शिष्टाचार भेटवार्ता गरेकी थिइन्। भेटहरुमा आपसीहित र चासोका विविध विषयका साथै आगामी दिनमा थप सम्बन्ध विस्तार र सहकार्यबारे कुराकानी भएको थियो।
 

प्रकाशित मिति: १२:३७ बजे, शुक्रबार, असोज १८, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्