पूर्वराजा शाहले वडादशैंमा सर्वसाधारणलाई टीका लगाइदिने
शाहले विजयादशमीका दिन सर्वसाधारणलाई अपराह्न ४ बजे टीका लगाइदिने उनको सचिवालयले जनाएको छ ।
काठमाडौं, असोज १८ : पूर्वराजा ज्ञानेन्द्र शाहले यस वर्षको दसैँमा सर्वसाधारणाई टीका लगाइदिने भएका छन् ।
शाहले विजयादशमीका दिन सर्वसाधारणलाई अपराह्न ४ बजे टीका लगाइदिने उनको सचिवालयले जनाएको छ ।
शाहको सचिवालयका अनुसार, शाह र उनकी पत्नी कोमल राज्य लक्ष्मी देवी शाह दुवैले विजयादशमीमा सर्वसाधारणलाई टीका लगाइदिने छन् ।
पूर्वराजा शाह अहिले एक साता लामो भुटान भ्रमणमा छन् ।
प्रकाशित मिति: ०८:०१ बजे, शुक्रबार, असोज १८, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार












