Kathmandu Press

मदन र जगदम्बा श्री पुरस्कार प्रदान

एक कार्यक्रमबीच भाषाविद् प्रा.डा. यादवलाई जगदम्बा श्री सम्मान र मुकाम रणमैदान पुस्तकका लागि लेखक मोहन मैनालीलाई मदन पुरस्कार वितरण गरिएको हो। 
मदन र जगदम्बा श्री पुरस्कार प्रदान

काठमाडौं, असोज १८ : मदन पुरस्कार गुठीले २०८१ सालको जगदम्बा–श्री सम्मान र मदन पुरस्कार भाषाविद् प्रा.डा. योगेन्द्रप्रसाद यादव र ‘मुकाम रणमैदान’ पुस्तकका लागि लेखक मोहन मैनालीलाई वितरण गरेको छ।

बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमबीच भाषाविद् प्रा.डा. यादवलाई जगदम्बा श्री सम्मान र मुकाम रणमैदान पुस्तकका लागि लेखक मोहन मैनालीलाई मदन पुरस्कार वितरण गरिएको हो। 

Hardik ivf

उनीहरुलाई पुरस्कारको राशि समान चार लाख रुपैयाँसहित सम्मानपत्र रहेको गुठीका अध्यक्ष कुन्द दीक्षितले जानकारी दिए।  

प्रा.डा. यादवले भाषाविज्ञान क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै जगदम्बा–श्री सम्मान अर्पण गरिएको हो। उनले थुप्रै भाषाको संरक्षण र प्रयोगमा महत्त्वपूर्ण योगदान पु¥याएका छन्।

त्यस्तै, लेखक मैनालीले मुकाम रणमैदानमा नेपाल र अंग्रेज युद्धबारे उल्लेख गरेका छन्। उनले २०० वर्षअघिको कालखण्डका ऐतिहासिक तथ्य, जानकारी र चिठीपत्रका आधारमा पुस्तक तयार गरेका हुन्। 
 
यसअघि २०७९ सालको जगदम्बा–श्री सम्मान टेकवीर मुखियालाई र मदन पुरस्कार विवेक ओझाको ऐंठन उपन्यासलाई प्रदान गरिएको थियो। मदन पुरस्कार २०१२ सालमा स्थापना भएको हो । 
 

प्रकाशित मिति: ०६:५५ बजे, शुक्रबार, असोज १८, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्