Kathmandu Press

अमेरिका हेलेन नामको तुफानमा मारिनेको संख्या १८० पुग्यो

अमेरिकामा हेलेन नामको तुफानमा मारिनेको संख्या १८० पुगेको छ।
अमेरिका हेलेन नामको तुफानमा मारिनेको संख्या १८० पुग्यो

एजेन्सी, असोज १७ । अमेरिकामा हेलेन नामको तुफानमा मारिनेको संख्या १८० पुगेको छ।

दक्षिणी क्यारोलिना प्रान्तको विभिन्न भूभागहरुमा तुफानका कारण मारिनेको संख्या अहिलेसम्म १८० पुगेको बिबिसीले जनाएको छ।

तुफानमा सयौं मानिसहरू बेपत्ता भएको पनि बिबिसीले उल्लेख गरेको छ। तुफानका कारण घरहरू भत्किएको दृश्यहरू सार्वजनिक गरिएको छ।

ती क्षेत्रहरूमा आइतबारदेखि तुफान आएको थियो।

तुफानले क्षति पारेको स्थानको अवलोकन गर्न राष्ट्पति जो बाइडेन र उपराष्ट्रपति कमला ह्यारिस प्रभावित क्षेत्रमा हेलिकप्टर लिएर पुगेका थिए।  

ह्यारिस आगामी राष्ट्रपतिका उम्मेदवार समेत हुन्।

राष्ट्रपतिकै अर्का उम्मेदवार डोनाल्ड ट्रम्पले पनि प्रभावित क्षेत्रको अवलोकन गरेका थिए।

प्रभावित क्षेत्रमा १ हजारको संख्यामा सुरक्षाकर्मी खटाइएको छ।

प्रकाशित मिति: २०:१९ बजे, बिहीबार, असोज १७, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्