Kathmandu Press

बाढी, पहिरो र डुबानका कारण सयभन्दा बढी विद्यालयमा क्षति

तेह्रथुम, ललितपुर, मकवानपुर, काठमाडौं, भक्तपुर, चितवन, रसुवा, सिन्धुली, सिन्धुपाल्चोक, दोलखा, तनहुँ, गुल्मी, हुम्ला, जाजरकोट, सुर्खेत, सप्तरी, सिराहा, सर्लाही, पर्सा लगायतका जिल्लाका विद्यालय बाढी, पहिरोबाट प्रभावित भएका छन्। 
बाढी, पहिरो र डुबानका कारण सयभन्दा बढी विद्यालयमा क्षति

काठमाडौं, असोज १७ : बाढी, पहिरो र डुबानका कारण एक सयभन्दा बढी विद्यालयमा क्षति पुगेको छ। 

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयलका अनुसार काभ्रे र ललितपुर जिल्लाका विद्यालयमा बढी क्षति पुगेको छ । तेह्रथुम, ललितपुर, मकवानपुर, काठमाडौं, भक्तपुर, चितवन, रसुवा, सिन्धुली, सिन्धुपाल्चोक, दोलखा, तनहुँ, गुल्मी, हुम्ला, जाजरकोट, सुर्खेत, सप्तरी, सिराहा, सर्लाही, पर्सा लगायतका जिल्लाका विद्यालय बाढी, पहिरोबाट प्रभावित भएका छन्। 

काभ्रेको रोशी र बेथानचोक गाउँपालिकासहित पनौती नगरपालिकाका विद्यालयहरुमा बढी क्षति पुगेको छ । काभ्रेको ज्ञानज्योति प्रावि भवनमा पहिरोले क्षतिग्रस्त बनेको छ । कालिका माविका दुई वटा भवन र शौचालय बाढीले बगाएको छ। 

Hardik ivf

सीता प्रावि कम्पाउण्ड वाल र कक्षाकोठा, वालहित प्रावि कक्षाकोठामा क्षति पुगेको छ। मन्त्रालयका अनुसार काभ्रेकै देवीश्वरी प्रावि बाढिले पुरेको, अमरनाथ प्रावि कम्पाण्ड कटान, मंगल जनविजय मावि गेट र कम्पाउण्डमा बाढी पसेर बगाएको, पञ्चकन्या माविमा बाढी पसेको, शान्तिबुद्ध प्रावि, ज्वालादेवी प्रावि खोला कटानका कारण जोखिममा परेको छ। 

विद्या विकास प्रावि कक्षाकोठा पुरिएको र महाभारत प्रावि विद्यालय कम्पाण्ड बगाएको छ । ललितपुरको बागेश्वरी आधारभूत विद्यालयको एउटा भवन पहिरोले भत्किएको र अर्को  भवनमा क्षति पुगेको छ । जनविकास माविको सभाहल, कक्षाकोठा र मैदानमा क्षति पुगेको छ। 

badhi-school-1727948082.jpg

बुद्ध माविमा बाढी पसेर कक्षाकोठामा क्षति, पथप्रर्दशक माविमा पहिरोका कारण जोखिमा परेको, सरस्वती आधारभुत विद्यालय पनि पहिरोको जोखिममा रहेको, उदयखर्क मावि भवन र खानेपानी टंयाकी पहिरोको जोखिममा परेको छ । नवज्योति मावि पर्खाल र भवनमा क्षति, नवज्योति मावि, भिमशेन आर्दश मावि र गणेश आधारभूत विद्यालय जोखिम परेको जनाइएको छ।

ललितपुर महानगरपालिकाको आदर्श कन्या माविको छतमा क्षति, बखेल कुमारी आधारभुत विद्यालय जोखिममा परेको छ । ललितपुरमा क्षति पुगेका अधिकांश गोदावरी नगरपालिकाका विद्यालय छन् । लिटिल एन्जेल्स स्कुल, आइजे पायोनियर स्कुल, जेम्स स्कुल, नाइटिङगेल स्कुल, सुदेश स्कुल, ग्रेस एकेडमी, चाँदनी एकेडमी, रेडियन्ट स्कुल डुबानमा परेको छ । यता, रसुवा माविको पर्खाल भत्किएको छ। ी

सन्धुली सुनकोशी गाउँपालिकाको पशुपति आधारभुत विद्यालयको भवन पुरिएको छ। ज्ञानज्योति माविको पर्खाल भत्किनुका साथै भवन र शौचालय जोखिममा परेका छन्। 

तनहुँस्थित पवित्रा माविमा मैदान र चमेना गृहमा क्षति पुगको छ भने सेतीगंगा आधारभुत विद्यालयको खेल मैदानमा पनि क्षति पुगेको छ। धादिङको महाकाली किसान मावि शौचालय र भवन पनि पहिरोको जोखिममा परेको छ। 

सिन्धुलीको पशुपति अधारभुत विद्यालयका १७ जना फरक क्षमताका विद्यार्थीको गाउँपालिकाले उद्धार गरेको छ । सिन्धुलीकै महादेव गुरुकुल बाढी, पहिरोबाट प्रभावित बनेपछि ३३ जना शिक्षक विद्यार्थीलाई नेपाली सेनाले उद्धार गरी सुरक्षित स्थलमा सारेको थियो। तेह्रथुमको महाकाली माविको चार कोठे भवन भत्किएको विवरण छ।

मकवापुरको राजदेवी अधारभुत विद्यालयको भवन र शौचलय पहिरोले बगाएको, वनदेवी विद्यालयको पर्खाल भत्किएको, ऋषेश्वर विद्यालयको दुई वटा कक्षाकोठा पहिरोले पुरिएको छ । हुम्लाको कैलाश आधारभुत विद्यालयको भित्ता भत्किएको छ। 

जाजरकोटको भैरव बालविकास विद्यालयको ३ कक्षाकोठा भत्किएको र पाँचधरको लुम्फावुङग माध्यमिक विद्यालयको पर्खाल भत्किएर जोखिम रहेको छ। सिराहा, सर्लाही, सप्तरी र पर्साका ४२ वटा विद्यालय डुबानमा परेको छन्। 

प्रकाशित मिति: १५:२१ बजे, बिहीबार, असोज १७, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्