प्रधानमन्त्रीसँग बङ्गलादेशका मन्त्री हसनको शिष्टाचार भेट
प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटका क्रममा नेपाल र बंगलादेशबीचको विद्यमान दुईपक्षीय सम्बन्धलाई सुदृढ गर्दै विस्तार गर्ने र ऊर्जालगायत क्षेत्रमा सहकार्य बढाउने विषयमा छलफल भएको छ।काठमाडौं, असोज १७ : प्रधानमन्त्री केपी ओलीसँग नेपालमा रहेकी बंगलादेशकी वन, वातावरण, जलवायु परिवर्तन तथा जलस्रोतमन्त्री सैयदा रिजवाना हसनले आज शिष्टाचार भेट गरेकी छिन्।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटका क्रममा नेपाल र बंगलादेशबीचको विद्यमान दुईपक्षीय सम्बन्धलाई सुदृढ गर्दै विस्तार गर्ने र ऊर्जालगायत क्षेत्रमा सहकार्य बढाउने विषयमा छलफल भएको छ।
भेटका अवसरमा प्रधानमन्त्री ओलीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र मन्त्रालयका सहसचिव भृगु ढुंगाना, बंगलादेशका लागि नेपाली राजदूत घनश्याम भण्डारी, नेपालका लागि बंगलादेशका राजदूत सलाहुद्धिन नोमन चौधरीलगायत सहभागी थिए।
प्रकाशित मिति: १३:५२ बजे, बिहीबार, असोज १७, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सामाजिक सुरक्षा प्रदान गर्न प्रभावकारी नीति जरुरी : मन्त्रीपौडेलमंगलबार, मंसिर ११, २०८१
दुर्गा प्रसाईंलाई सर्वोच्चमा उपस्थित गराइयो मंगलबार, मंसिर ११, २०८१
सर्वोच्चले चूडामणि शर्माको भ्रष्टाचार मुद्दामा अख्तियारलाई झिकायो मंगलबार, मंसिर ११, २०८१
सिक्टा आयोजनामा विलम्ब नगर्न समितिको निर्देशनमंगलबार, मंसिर ११, २०८१