दसैं बिदामा पनि सर्वोच्च खुला हुने
दसैं बिदामा बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमा सुनुवाइ हुने सर्वोच्चले जनाएको छ। याे अवधिमा अन्य मुद्दाकाे सुनुवाइ भने हुनेछैन।काठमाडौं, असोज १७ : दसैंको बिदामा पनि सर्वोच्च अदालत खुला हुने भएको छ। सर्वाेच्च घटस्थापनादेखि काेजाग्रत पूर्णिमासम्म बन्द हुन्छ।
दसैं बिदामा बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमा सुनुवाइ हुने सर्वोच्चले जनाएको छ। याे अवधिमा अन्य मुद्दाकाे सुनुवाइ भने हुनेछैन।
उक्त निवेदन सुनुवाइका लागि बिदाको समयमा बिहान ११ बजेदखि ३ बजेसम्म खुला हुने भएको हो।
सर्वोच्च अदालतको प्रशासनले जारी गरेको सूचनामा घटस्थापनादेखि कोजागत पूर्णिमासम्म अदालत बन्द रहने भए पनि बन्दी प्रत्यक्षीकरणको को रिट निवेदनमा सुनुवाइका लागि अदालत खुला रहने उल्लेख छ।
न्याय प्रशासन ऐन, २०७३ को दफा २६ बमोजिम उक्त अवधिअन्तर्गत घटस्थापना, शनिबार र विजया दशमीका दिनबाहेक अन्य दिनमा बन्दी प्रत्यक्षकीकरणको रिट निवेदनमा सुनुवाइ हुने उल्लेख गरिएको हो।
प्रकाशित मिति: १२:४० बजे, बिहीबार, असोज १७, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सामाजिक सुरक्षा प्रदान गर्न प्रभावकारी नीति जरुरी : मन्त्री पौडेलमंगलबार, मंसिर ११, २०८१
दुर्गा प्रसाईंलाई सर्वोच्चमा उपस्थित गराइयो मंगलबार, मंसिर ११, २०८१
सर्वोच्चले चूडामणि शर्माको भ्रष्टाचार मुद्दामा अख्तियारलाई झिकायो मंगलबार, मंसिर ११, २०८१
सिक्टा आयोजनामा विलम्ब नगर्न समितिको निर्देशनमंगलबार, मंसिर ११, २०८१