राष्ट्रपति पौडेलले घटस्थापना गर्दै राखे जमरा
राष्ट्रकल्याण र सम्पूर्ण नेपाली जनताको उन्नति र सुखी जीवनका लागि पूजासहित जमरा राखेको उनको सचिवालयले जनाएको छ।काठमाडौं, असोज १७ : राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैँको पहिलो दिन वैदिक विधिपूर्वक विश्व शान्ति र नेपाली जनताको समृद्धिको संकल्पसहित शीतलनिवासमा घटस्थापना गरेका छन्।
राष्ट्रकल्याण र सम्पूर्ण नेपाली जनताको उन्नति र सुखी जीवनका लागि पूजासहित जमरा राखेको उनको सचिवालयले जनाएको छ।
बिहान ९ बजेर १६ मिनेटको शुभ साइतमा नवदुर्गाको प्रतीकका रुपमा कलश स्थापना गरी दियो र गणेशको पूजा गरेर राष्ट्रपति पौडेलले जौँ (यव) छरेको बताइएको छ।
आज छरिएको जमरा विजयादशीका दिन देवी विसर्जन गरेपछि दुर्गा भवानीको प्रसादका रुपमा मान्यजनको हातबाट ग्रहण गरिने परम्परा छ।
प्रकाशित मिति: १२:०२ बजे, बिहीबार, असोज १७, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सामाजिक सुरक्षा प्रदान गर्न प्रभावकारी नीति जरुरी : मन्त्री पौडेलमंगलबार, मंसिर ११, २०८१
दुर्गा प्रसाईंलाई सर्वोच्चमा उपस्थित गराइयो मंगलबार, मंसिर ११, २०८१
सर्वोच्चले चूडामणि शर्माको भ्रष्टाचार मुद्दामा अख्तियारलाई झिकायो मंगलबार, मंसिर ११, २०८१
सिक्टा आयोजनामा विलम्ब नगर्न समितिको निर्देशनमंगलबार, मंसिर ११, २०८१