च्याम्पियन्स लिगमा फेयेनुर्ड र एटलान्टा विजयी
निर्धारित समयमा मिस पेनाल्टी र आत्मघाती गोलहरूले खेललाई थप नाटकीय भने बनाएको थियो । पहिलो हाफको तीव्र गति दोस्रो हाफमा पनि जारी रह्यो ।काठमाडौं, असोज १७ : युइएफए च्याम्पियन्स लिग फुटबलमा नेदरल्याण्ड्सको फेयेनुर्ड विजयी भएको छ । स्पेनिस क्लब जिरोनाकै मैदानमा फेयेनुर्डले ३–२ गोलको पुनरागमन जीत दर्ता गरेको हो ।
निर्धारित समयमा मिस पेनाल्टी र आत्मघाती गोलहरूले खेललाई थप नाटकीय भने बनाएको थियो । पहिलो हाफको तीव्र गति दोस्रो हाफमा पनि जारी रह्यो । जिरोनाले बराबरीको अवसर पाएको थियो, जब मियोव्स्कीले पेनाल्टी प्रहार गरे, तर फेयेनुर्डका गोलरक्षक वेलनरुथरले उत्कृष्ट बचाउ गरे ।
त्यसपछि, डानजुमाको उत्कृष्ट पासलाई भान डे बीकले गोल गर्दै जिरोनालाई २–२ को बराबरीमा ल्याएका थिए । खेलको १९ औं मिनेटमा डेभिड लोपेजले गोल गर्दै जिरोनालाई अग्रता दिलाएका थिए ।
२३ औं मिनेटमा एंगल हेरेराले आत्मघाति गोल गरेपछि फेयेनुर्डले बराबरी गरेको थियो । ३३ औं मिनेटमा एन्टोनी मिलाम्बोले गोल गरेपछि पहिलो हाफमा फेयेनुर्डले अग्रता २–१ बनाएको थियो ।
७३ औं मिनेटमा भान डे बीकले गोल गर्दा जिरोनाले खेल २–२ को बराबरीमा ल्याएको थियो । तर फेयेनुर्डले ७९ औं मिनेटमा आत्मघाति गोल उपहारमा पायो ।
जिरोनाका डिफेन्डर क्रेज्चीले हान्कोको क्रसलाई आत्मघाती गोलमा परिणत गरे, जसले गर्दा फेयेनुर्डले ३–२ को अग्रता लियो । अन्तिम सम्म जिरोनाले बराबरीका लागि दबाब बनाए पनि फेयेनुर्डले आफ्नो अग्रता जोगाउँदै जित निकाल्न सफल भयो ।
यस्तै, इटालियन क्ल्ब एटलान्टाले युक्रेनी क्लब शख्तर डोनेस्कलाई ३–० ले हराउँदै सन् २०१९ को नतिजा दोहोर्याएको छ । पहिलो हाफमा उत्कृष्ट प्रदर्शन गर्दै खेल जित्ने आधार तयार गरेको थियो । डिम्सिटी, लुकम्यान र बेलानोवाकाले एक एक गोल गर्दा एटलान्टाले तीन अंक हासिल गर्दै आफ्नो अपराजित यात्रा जारी राखेको छ ।
२१ औं मिनेटमा ब्रेट डिम्सिटीले एडेमोला लुकम्यानको पासमा गोल गर्दै एटलान्टालाई अग्रता दिलाएका थिए । ४४ औंमा मिनेटमा लुकम्यानले अग्रता दोब्बर बनाए । पहिलो हाफमा २ गोल गरेको एटलान्टाले दोस्रो हाफमा अरु १ गोल थपेको थियो । ४८ औं मिनेटमा बेलानोवाकोले गोल गरेपछि सख्तर खेलमा फर्कन सकेन ।
खेलमा शख्तर को प्रदर्शन निकै कमजोर रह्यो । निर्धारित र अतिरक्त गरेर ९४ मिनेटसम्म कुनै पनि बेला एटलान्टामाथि दबाब बनाउन सकेन । एटलान्टाको अर्को खेल अक्टोबर २३ मा स्कटल्याण्डको सेल्टिकसँग हुनेछ, जबकि शख्तरले आफ्नो आगामी खेलमा आर्सनलसँग खेल्न उत्तर लण्डनको यात्रा गर्नुपर्नेछ ।