Kathmandu Press

सहकारी ठगी प्रकरणमा पक्राउ परेका जोशीलाई धरौटी वा जमानतमा छाड्ने बाटो खुला

सर्वोच्चले बुधबार जोशीको हकमा दिएको वन्दीप्रत्यक्षीकरण रिटमा सुनुवाई गर्दै धरौटी वा जमानतमा छाड्न सकिने कानुनी व्यवस्था रहेको भन्दै कास्की प्रहरीको ध्यानाकर्षण गराएको छ ।
सहकारी ठगी प्रकरणमा पक्राउ परेका जोशीलाई धरौटी वा जमानतमा छाड्ने बाटो खुला

काठमाडौं, असोज १६ । सर्वोच्च अदालतले सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ परेका छविलाल जोशीलाई धरौटी वा जमानतमा छाड्ने बाटो खुलाइदिएको छ ।

सर्वोच्चले बुधबार जोशीको हकमा दिएको वन्दीप्रत्यक्षीकरण रिटमा सुनुवाई गर्दै धरौटी वा जमानतमा छाड्न सकिने कानुनी व्यवस्था रहेको भन्दै कास्की प्रहरीको ध्यानाकर्षण गराएको छ ।

सर्वोच्चका न्यायाधीशहरु तिलप्रसाद श्रेष्ठ र अब्दुल अजिज मुसलमानको संयुक्त इजलासले दशैं बिदा सुरु हुन लागेको अवस्था दर्शाउँदै धरौटी वा तारेखमा छाड्न सकिने अवस्था रहेको भन्दै ध्यानाकर्षण गराएको हो ।

जिल्ला अदालत कास्कीले जोशीलाई विहीबार सम्म हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको थियो ।

सर्वोच्चले धरौटी वा जमानतमा छाड्न सकिने भए पनि गैरकानुनी हिरासतमा राखेको भन्न नमिल्ने निर्णय समेत दिएको छ ।

सहकारी ठगीको आरोपमा पक्राउ परेका पूर्व डीआईजी जोशीलाई थुनामुक्तिको माग राखेर अफन्तले सर्वोच्चमा वन्दीप्रत्यक्षकरण रिट निवेदन दिएका हुन् । जोशीको हकमा रोचक जोशीले रिट दर्ता गरेका थिए ।

जोशीलाई पोखराको सूर्यदर्शन सहकारी संस्थाको रकम गोर्खा मिडियामा लगेर अपचलन गरेको आरोपमा पक्राउ गरिएको  थियो ।

संसदीय छानबिन विशेष समितिले दिएको प्रतिवेदनमा जोशीलाई पनि कारबाही गर्न सिफारिस गरिएको छ ।

प्रकाशित मिति: १८:२१ बजे, बुधबार, असोज १६, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्