अष्ट्रेलियाको राजदूतमा यादवको नाम सर्वसम्मतीले अनुमोदन
बुधवार बसेको बैठकले यादवको नाम अनुमोदन गरेको हो ।
काठमाडौं, असोज १६ । संसदीय सुनुवाइ समितिले अष्ट्रेलियाका लागि नेपाली राजदूतमा चित्रलेखा यादवको नाम सर्वसम्मतीले अनुमोदन भएको छ ।
बुधवार बसेको बैठकले यादवको नाम अनुमोदन गरेको हो ।
यादवले राजदूतका लागि आफ्नो कार्ययोजना पेश गरेपछि सुनुवाइ भएको थियो ।
सुनुवाई सकिएपछि समितिले यादवको नाम अनुमोदन गर्दै नियुक्तिका लागि राष्ट्रपति समक्ष पठाएको छ ।
प्रकाशित मिति: १८:०६ बजे, बुधबार, असोज १६, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार












