प्रधानन्यायाधीशमा प्रकाशमान राउतको नाम अनुमोदन
संसदीय सुनुवाइ विशेष समितिले प्रधानन्यायाधीशमा प्रकाशमानसिंह राउतको नाम अनुमोदन गरेको छ ।
काठमाडौं, असोज १६ । संसदीय सुनुवाइ विशेष समितिले प्रधानन्यायाधीशमा प्रकाशमानसिंह राउतको नाम अनुमोदन गरेको छ ।
बुधवार बसेको संसदीय सुनुवाइ समितिको बैठकले सर्वसम्मत रुपमा राउतको नाम अनुमोदन गरेको हो । सुनुवाइ सकिएपछि समितिले प्रधानन्यायाधीशमा राउतको नाम अनुमोदन गर्दै नियुक्तिका लागि राष्ट्रपति समक्ष पठाइएको छ ।
यसअघि संवैधानिक परिषदले प्रधानन्यायाधीशका लागि राउतको नाम अनुमोदन गर्दै सुनुवाई समितिसमक्ष पठाएको थियो ।
राउतले समिति समक्ष आफ्नो कार्ययोजना प्रस्तुत गरेका छन् । राउतविरूद्ध समितिमा ६ वटा उजुरी परेका थिए । राउतको कार्ययोजना र उजुरीमा सुनुवाई सकिएपछि अनुमोदन भएको हो ।
प्रकाशित मिति: १७:४१ बजे, बुधबार, असोज १६, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार












