Kathmandu Press

किसानलाई चाँडै राहत उपलब्ध गराउन मन्त्रालय गम्भीरता छ : मन्त्री अधिकारी  

मन्त्री अधिकारीले उनले किसानहरु एकदमै पीडामा परेको र के खाने र कसरी बस्ने भन्ने अवस्थामा पुगेको भन्दै यस विषयमा छिटोभन्दा छिटो काम अगाडि बढाउनु पर्ने पनि बताए। 
किसानलाई चाँडै राहत उपलब्ध गराउन मन्त्रालय गम्भीरता छ : मन्त्री अधिकारी  

काठमाडौं, असोज १६ : कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले किसानहरुलाई राहत दिने कुरामा मन्त्रालयमा गम्भीरता पूर्वक छलफल भइरहेको बताएका छन्। 

बुधबार कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा हालैको बाढी पहिरोले कृषि क्षेत्रमा पुर्‍याएको क्षतिका सम्बन्धमा भएको छलफलमा उनले किसानलाई राहत दिने मन्त्रालयमा छलफलको साथै यसको व्यवस्थापनका विषयमा दातृ संस्थाहरु सँग पनि अनुरोध गरेको बताए ।

Hardik ivf

‘हालको डाटा अनुसार अहिलेलाई अन्नबालीमा ६ अर्ब रुपैयाँ नोक्सानी भएको छ। तर आगामी दिनमा नोक्सानीमा पर्नु भएका किसानहरुलाई कुन तहको राहत दिन सक्छौं। कसरी दिन सकिन्छ यसतर्फ गम्भीरता पूर्वक सोचेका छौं,’ उनले भने, ‘मन्त्रालयमा छलफल पनि भएको छ। यसको व्यवस्थापनका विषयमा दातृ संस्थाहरु सँग हामीले अनुरोध गरेका छौं।’ 

उनले यस विषयमा समितिबाट जे निर्देशन भएपनि त्यसलाई पालना गर्न मन्त्रालय तयार रहेको बताए।  

मन्त्री अधिकारीले उनले किसानहरु एकदमै पीडामा परेको र के खाने र कसरी बस्ने भन्ने अवस्थामा पुगेको भन्दै यस विषयमा छिटोभन्दा छिटो काम अगाडि बढाउनु पर्ने पनि बताए। 

प्रकाशित मिति: १६:०५ बजे, बुधबार, असोज १६, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्