नागरिक उड्डयन प्राधिकरणमा अख्तियारको छापा
प्राधिकरणमा अनियमितता भएको भन्दै अख्तियारमा परेको उजुरीका आधारमा अख्तियारले प्राधिकरणबाट कागजात कब्जामा लिएको हो।
काठमाडौं, असोज १६ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिनामंगलस्थित नेपाल नागरिक उड्डयन प्राधिकरणको कार्यालयमा छापा मारेको छ।
अख्तियारले प्राधिकरणबाट केही कागजातहरु बरामद गरेको छ।
प्राधिकरणमा अनियमितता भएको भन्दै अख्तियारमा परेको उजुरीका आधारमा अख्तियारले प्राधिकरणबाट कागजात कब्जामा लिएको हो।
अख्तियारले विभिन्न विमानस्थल निर्माणको परियोजनासम्बद्ध कागजातहरु कब्जामा लिएको छ।
संसदको सार्वजनिक लेखा समितिले प्राधिकरणका परियोजनामा भएको अनियमितताको बिषयमा छानबिन गरिरहेको छ।
प्रकाशित मिति: १५:१० बजे, बुधबार, असोज १६, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार