Kathmandu Press

गृहको खोज तथा उद्धार कार्यदल आठ जिल्लामा 

गृहले बाढीपहिरोबाट बढी प्रभावित काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रे, सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक र धादिङमा कार्यदल पठाएको हो। 
गृहको खोज तथा उद्धार कार्यदल आठ जिल्लामा 

काठमाडौं, असोज १६ : बाढी पहिरोबाट भएको जनधनको क्षतिलाई लिएर गठित खोज, उद्धार एवम् राहत कार्यदल आठ जिल्लामा खटिएको छ। 

गृहको कार्यादेशसहित बुधबारदेखि प्रभावित जिल्लामा आठ जना सहसचिव नेतृत्वको कार्यदल खटिएको हो। कार्यदललाई प्रभावित जिल्लामा पुगेर समन्वय र सहजीकरण गर्न जिम्मेवारी तोकिएको छ। 

Hardik ivf

गृहले बाढीपहिरोबाट बढी प्रभावित काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रे, सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक र धादिङमा कार्यदल पठाएको हो। 

जस अनुसार काठमाडौँका लागि सहसचिव गोविन्दप्रसाद रिजाल, ललितपुरमा प्रकाश पौडेल, भक्तपुरमा नारायणप्रसाद अर्याल, काभ्रेपालञ्चोकमा वासुदेव घिमिरे, सिन्धुलीमा लालबाबु कवारी, मकवानपुरमा रामबन्धु सुवेदी, सिन्धुपाल्चोकमा श्याम कृष्ण थापा र धादिङमा रमेश ढकाललाई खटिएका छन्। 

कार्यदललाई आगामी असोज २१ गतेसम्म गृह मन्त्रालयमा प्रतिवेदन पेस गर्न समय तोकिएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पनि दश जना शाखा अधिकृत प्रभावित जिल्लामा खटाएको छ।


 

प्रकाशित मिति: १५:०३ बजे, बुधबार, असोज १६, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्