बाढीपहिरामा परी दुई सय २८ जनाको मृत्यु
गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार हालसम्म बाढीपहिरो प्रभावित क्षेत्रबाट १३ हजार ७१ जनाको उद्धार गरिएको छ भने खोज, उद्धार र सहायता परिचालन गरिएको छ ।काठमाडौँ, असोज १६ : हालैको बाढीपहिरामा परी दुई सय २८ जनाको मृत्यु भएको छभने २५ जना बेपत्ता छन् । अन्य एक सय ५८ जना घाइते भएका छन् ।
गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार हालसम्म बाढीपहिरो प्रभावित क्षेत्रबाट १३ हजार ७१ जनाको उद्धार गरिएको छ भने खोज, उद्धार र सहायता परिचालन गरिएको छ । प्रभावितलाई खाद्यान्नलगायत राहत सामग्री प्रदान गरिनाका साथै घाइतेको निःशुल्क उपचार भइरहेको छ ।
सरकारले उद्धार र राहतलाई उच्च प्राथमिकता दिएको र यातायात सञ्चालन गर्न अवरुद्ध राजमार्ग सञ्चालनको अथक प्रयास भइरहेको प्रवक्ता तिवारीले बताए ।
प्रकाशित मिति: ०७:२८ बजे, बुधबार, असोज १६, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
चचहुई... [तस्बिरहरू]शनिबार, असोज २६, २०८१
राष्ट्रपति पौडेलबाट विजयादशमीको टीका ग्रहणशनिबार, असोज २६, २०८१
प्रधानमन्त्री ओलीले लगाए विजयादशमीको टीकाशनिबार, असोज २६, २०८१
राष्ट्रपतिले दिउँसो ३ः३० र पूर्वराजाले ४ बजेदेखि सर्वसाधारणलाई टिका लगाइदिनेशनिबार, असोज २६, २०८१