Kathmandu Press

नौबिसे-नागढुङ्गा सडक र पृथ्वीराजमार्ग राति पनि सञ्चालन हुने

गृह मन्त्रालयले दुर्घटनाको जोखिमलाई मध्यनजर गर्दै रातिको समयमा त्रिभुवन राजपथको नौबिसे नागढुङ्गा सडक र पृथ्वीराजमार्गमा सवारी आवागमन बन्द गर्ने निर्णय फिर्ता लिएको छ।
नौबिसे-नागढुङ्गा सडक र पृथ्वीराजमार्ग राति पनि सञ्चालन हुने
फाइल तस्वीर।

मलेखु (धादिङ), असोज १५ ।  गृह मन्त्रालयले दुर्घटनाको जोखिमलाई मध्यनजर गर्दै रातिको समयमा त्रिभुवन राजपथको नौबिसे नागढुङ्गा सडक र पृथ्वीराजमार्गमा सवारी आवागमन बन्द गर्ने निर्णय फिर्ता लिएको छ।

निर्णय फिर्ता भएसँगै यस सडकखण्डमा सवारी निर्वाध चलिरहेका जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी प्राह्लाद सिलवालले जानकारी दिए।

काठमाडौँबाट बाहिने सवारीको चाप अत्यधिक भएकाले रातको समयमा पनि सवारी चल्न दिने निर्णय भएको बुझिएको छ।

प्रकाशित मिति: २०:५५ बजे, मंगलबार, असोज १५, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्