Kathmandu Press

बार अध्यक्षविरुद्धको अवहेलना मुद्दामा दशैंपछि सुनुवाइ

प्रतिवेदनमाथि आगामी कात्तिक १ गतेका लागि तारिख तोकिएको छ । 
बार अध्यक्षविरुद्धको अवहेलना मुद्दामा दशैंपछि सुनुवाइ

काठमाडौं, असोज १५ । नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेविरुद्ध दर्ता भएको अदाततको अवहेलनासम्वन्धी मुद्दामा दशैंपछि मात्रै सुनुवाइ हुने भएको छ ।

सर्वोच्च अदालतका उपरजिष्ट्रार गोविन्द घिमिरेलेले मंगलबार बार अध्यक्षमाथि कारबाहीका लागि अवहेलना मुद्दाको प्रतिवेदन तयार गरेका थिए । उक्त प्रतिवेदनमाथि सुनुवाइको मिति दशैंपछि तोकेपछि तत्कालका लागि विवाद साम्य भएको छ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ असोज १९ गतेदेखि अवकाशमा जाँदैछन् । 

Hardik ivf

प्रतिवेदनमाथि आगामी कात्तिक १ गतेका लागि तारिख तोकिएको छ । 

गत शुक्रबार काठमाडौं बारको एक कार्यक्रममा नेपाल बारका अध्यक्ष रहेका घिमिरेले प्रधानन्यायाधीशले अवकाशको बेलामा लेनदेनबाट न्यायाधीश नियुक्त गरेको आरोप लगाएपछि अवहेलनाको कारवाही अघि बढेको थियो ।

यता, बार अध्यक्ष घिमिरेले न्यायसम्पादन गर्ने प्रधानन्यायाधीशलाई नभई न्यायाधीशको नाम सिफारिस गर्ने न्यायपरिषदको अध्यक्षमाथि प्रश्न गरेको प्रतिक्रिया दिएका छन् । 

प्रकाशित मिति: १८:१५ बजे, मंगलबार, असोज १५, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्