Kathmandu Press

दुई दिनको बाढी र पहिरोबाट १७ अर्ब रुपैयाँभन्दा बढी क्षति 

भारी वर्षासँगै आएको बाढी र पहिरोबाट १७ अर्ब रुपैयाँभन्दा बढी क्षति भएको जानकारी सरकारले दिएको छ । 
दुई दिनको बाढी र पहिरोबाट १७ अर्ब रुपैयाँभन्दा बढी क्षति 

काठमाडौं, असोज १५ । भारी वर्षासँगै आएको बाढी र पहिरोबाट १७ अर्ब रुपैयाँभन्दा बढी क्षति भएको जानकारी सरकारले दिएको छ । 

प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा मुख्य सचिव एकनारायण अर्यालले गत असोज ११ र १२ गते बाढी पहिरोका कारण भएको क्षतिको जानकारी दिएका हुन् । पत्रकार सम्मेलनमा बाढी, पहिरो र डुवानबाट २१ जिल्ला प्रभावित भएको जानकारी दिइयो । 

Hardik ivf

काभ्रे, ललितपुर, धादिङ, काठमाडौं, सिन्धुपाल्चोक, सिन्धुली र मकवानपुर जिल्ला बढी प्रभावित भएका छन् । मुख्य सचिव अर्यालले बाढी पहिरोमा परी २२४ जनाको मृत्यु, २४ जना बेपत्ता र १५८ जना घाइते भएका छन् ।

अर्यालले खोज तथा उद्दार कार्य दुई दिनभित्र सक्ने पनि बताए । 

यस्तै, राहतलाई एकद्धार प्रणालीमार्फत वितरण गर्ने सरकारको योजनासमेत उनले बताए । घरबारबिहीन भएकाहरुलाई सरकारले तोकेको स्थानमा अस्थायी आवास बनाउन दिइने निर्णय समेत अर्यालले सुनाए । 

 

 

प्रकाशित मिति: १८:०४ बजे, मंगलबार, असोज १५, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्