एक लाख रूपैयाँ धरौटीमा छुट्ने भए दुर्गा प्रसाईं
मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई धरौटीमा छाड्न अदालतले आदेश दिएको छ ।
काठमाडौं, असोज १५ । मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई धरौटीमा छाड्न अदालतले आदेश दिएको छ ।
साइबर अपराधमा पक्राउ परेका व्यवसायी दुर्गा प्रसाईलाई अदालतले मंगलबार एक लाख धरौटीमा छाड्न आदेश दिएको हो ।
उनीविरुद्ध विद्युतीय कारोबार ऐनको दफा ४७ अनुसार कसुर गरेको अभियोगमा पाँच वर्षसम्म कैद सजाय मागदाबीसहित मुद्दा दायर गरिएको थियो ।
उनी गत असोज ६ गते पक्राउ परेका थिए ।
प्रकाशित मिति: १७:२१ बजे, मंगलबार, असोज १५, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार