Kathmandu Press

योगेश्वर, न्ह्यु र जेम्सको एउटै स्वर ‘क्या बोर भयो’

काठमाडौं, वैशाख ३ : गायक जेम्स प्रधानले योगेश्वर अमात्यको ‘क्या बोर भयो’  बोलको गीत संयुक्त रुपमा गाएको भिडियोलाई सामाजिक सञ्जालमा से....

योगेश्वर, न्ह्यु र जेम्सको एउटै स्वर ‘क्या बोर भयो’

काठमाडौं, वैशाख ३ : गायक जेम्स प्रधानले योगेश्वर अमात्यको ‘क्या बोर भयो’  बोलको गीत संयुक्त रुपमा गाएको भिडियोलाई सामाजिक सञ्जालमा सेयर गरेका छन्। उनले यो भिडियोलाई युट्युबमा अपलोड पनि गरेका छन्।

योगेश्वर अमात्य, न्ह्यु बज्राचार्य, जेम्स प्रधानले एकै स्वरमा गुनगुनाएका छन्। यसमा योगेश अमात्यले ‘आउछौ भनी पर्खि बसे तिमि आइनौ, तिमि आइनौ क्या बोर भयो ....’ गीत गाउँदै सुरुआत गरेका छन्।

जेम्स प्रधानले यस गीतको दोस्रो पंक्ति ‘घाम छायाँमा छैनौ तिमि जुनेलीमा छैनौं तिमि...’ गाएका छन् भने चौथो पंक्तिमा न्ह्यु बज्राचार्यले ‘टिकोटालो गरु भन्थ्यौ, सँगै बाचौउला र मरुला भन्थ्यौं’ थपेका छन्। पाँचौ पंक्ति योगेश्वरले गाउँदै बिट मारेका छन्।

कोरोना भाइरसको संक्रमणबाट जोगिन सरकारले फेरि १५ दिने लकडाउनको समयअवधि थप गरेको छ। सांगीतिक क्षेत्रका व्यक्तित्व भने सामाजिक सञ्जालबाट भएपनि संगीतको आनन्द बाँडिरहेका छन्।

यसमा सुन्दरकुमार मर्हनले संगीतमा साथ दिएका छन्। त्यसै जेम्स र न्ह्यु गिटारको साथमा देखिएका छन्।

 

प्रकाशित मिति: १३:३१ बजे, बुधबार, वैशाख ३, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्