Kathmandu Press

प्रस्तावित प्रधानन्यायाधीश राउतविरुद्ध उजुरी दिने व्यक्तिसँग भिडियो कुराकानी

राउतविरुद्ध उजुरी दिएका नेपाली सेनाका अवकाशप्राप्त सेनानी प्रज्वल बस्नेतसँग भिडिओ छलफल गरिएको हो।
प्रस्तावित प्रधानन्यायाधीश राउतविरुद्ध उजुरी दिने व्यक्तिसँग भिडियो कुराकानी

काठमाडौं, असोज १५ : संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतविरुद्ध उजुरी दिने व्यक्तिसँग मंगलबार भिडियो कुराकानीमार्फत छलफल गरेको छ।

राउतविरुद्ध उजुरी दिएका नेपाली सेनाका अवकाशप्राप्त सेनानी प्रज्वल बस्नेतसँग भिडिओ छलफल गरिएको हो। बस्नेत हाल अमेरिकामा छन्। 

बस्नेतले प्रस्तावित प्रधानन्यायाधीश राउतले गरेको एक फैसलामाथि प्रश्न उठाउँदै समिति समक्ष उजुरी दिएका थिए। समितिले बस्नेत भौतिक रुपमा उपस्थित हुन नसक्ने भएकाकारण भिडिओ मार्फत छलफल गरेको हो। 

सुनुवाइ समितिले पहिलोपटक जुममार्फत छलफलको अभ्यास शुरु गरेको हो। 
 

प्रकाशित मिति: १६:१० बजे, मंगलबार, असोज १५, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्