Kathmandu Press

सरकारले संकटमा आलोचना सुन्ने धैर्यता देखाउनुपर्छ : महामन्त्री थापा 

महामन्त्री थापाले जिम्मेवार निकायका प्रमुख एवं अधिकारी संकटका बेला देशभित्र नभएको भन्दै बैठकमा असन्तुष्टि समेत जनाए। 
सरकारले संकटमा आलोचना सुन्ने धैर्यता देखाउनुपर्छ : महामन्त्री थापा 
फाइल तस्बिर।

काठमाडौं, असोज १५ : नेपाली कांग्रेसका महामन्त्री एवं सांसद गगन थापाले सरकारले संकटका बेला आलोचना सुन्न धैयर्ता देखाउनुपर्ने बताएका छन्। 

प्रतिनिधिसभा अन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिको मंगलबारको बैठकमा थापाले सरकारले यस्तो भनाई राखेका हुन् । महामन्त्री थापाले जिम्मेवार निकायका प्रमुख एवं अधिकारी संकटका बेला देशभित्र नभएको भन्दै बैठकमा असन्तुष्टि समेत जनाए। 

Hardik ivf

‘यस्तो बेलामा आलोचना सुन्ने हो, उत्तर दिने होइन। मुख्य सचिव, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण प्रमुख आफ्नो ठाउँमा देखिएनन्। बैठक धेरै भए, गुनासाहरु छन्,’ थापाले भने। 

अविरल वर्षाको समयमा रात्रि बस सञ्चालन नगर्ने भन्दै गरिएको निर्णय कार्यान्वयन नभएकोप्रति पनि थापाको असन्तुष्टी थियो। 

‘उद्धारमा संघीय सरकारको फोकस होस्, राहतको जिम्मा स्थानीय तहलाई दिइयोस्। विपद्मा पीडितलाई सहयोगका निम्ति ढिलाइ गर्नु हुँदैन,’ उनले भने, ‘क्षतिको विवरण गर्ने कुरामा ढिलो नगरौं। जाजरकोटको भूकम्पपीडितले पनि दोस्रो किस्ता पाएका छैनन्।’ 

प्रकाशित मिति: १५:२५ बजे, मंगलबार, असोज १५, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्