Kathmandu Press

अलपत्र यात्रुहरुलाई तत्काल उद्धार गर्न राज्य व्यवस्था समितिको निर्देशन 

बाढी तथा पहिरोको क्षतिबारे गृहमन्त्री रमेश लेखकसँग मंगलबार भएकोको छलफलपछि समितिले उक्त निर्देशन दिएको हो। 
अलपत्र यात्रुहरुलाई तत्काल उद्धार गर्न राज्य व्यवस्था समितिको निर्देशन 
फाइल तस्बिर।

काठमाडौं, असोज १५ : संसदको राज्य व्यवस्था तथा सुशासन समितिले बाढी पहिरोका कारण अलपत्र परेका यात्रुहरुलाई तत्काल उद्धार गर्न निर्देशन दिएको छ।

बाढी तथा पहिरोको क्षतिबारे गृहमन्त्री रमेश लेखकसँग मंगलबार भएकोको छलफलपछि समितिले उक्त निर्देशन दिएको हो। 

समितिले राजमार्गहरुमा अलपत्र परेका यात्रुहरुलाई तत्काल उद्दार गर्न सरकारलाई निर्देशन दिएको छ। समितिले पीडितलाई यथाशिघ्र राहतको व्यवस्था गर्न समेत भनेको छ। 

यस्तै, हवाई भाडा बढ्न नदिन र राजमार्गहरु सुचारु गर्न समेत समितिले भनेको छ।
 
प्रकाशित मिति: १४:५१ बजे, मंगलबार, असोज १५, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्