बाढीपहिरो पीडितका लागि एमालेले ५० लाख जम्मा गर्ने
मंगलबार बसेको पार्टी सचिवालय बैठकले यस्तो निर्णय गरेका पार्टीका महासचिव शंकर पोखरेलले जानकारी दिए।काठमाडौं, असोज १५ : नेकपा एमालेले बाढी तथा पहिरो पीडितहरुलाई राहत दिन सरकारी कोषमा ५० लाख जम्मा गर्ने भएको छ।
मंगलबार बसेको पार्टी सचिवालय बैठकले यस्तो निर्णय गरेका पार्टीका महासचिव शंकर पोखरेलले जानकारी दिए।
‘राज्यको तर्फबाट एक अरब छुट्याउने काम गरिसकेको छ। त्यसमा पनि पार्टी कोषबाट ५० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय भएको छ,’ उनले भने।
यसैगरी उनले विपत्तिमा परेकाहरुको राहत र उद्धारमा पार्टी पँक्तिलाई खटाईएको र त्यसलाई निरन्तरता दिने पनि निर्णय भएको बताए।
त्यस्तै, प्रतिनिधिसभा सदस्यहरुबाट पनि कोषमा सहयोग गर्नका लागि आग्रह गर्ने निर्णय भएको उनले जानकारी दिए।
प्रकाशित मिति: १३:२५ बजे, मंगलबार, असोज १५, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
धितोपत्र बोर्डका अध्यक्ष श्रेष्ठले लिए सपथमंगलबार, मंसिर ११, २०८१
डिश मिडिया नेटवर्कलाई एनपिएलको युट्युब प्रशारण अधिकारमंगलबार, मंसिर ११, २०८१
एनपिएलको उपाधि दाबेदार कर्णाली याक्समा कुन खेलाडी कस्ता?मंगलबार, मंसिर ११, २०८१
दृष्टिविहीन टी–२० विश्वकपमा नेपालको दोस्रो जितमंगलबार, मंसिर ११, २०८१