अग्रिम टिकट बुकिङ बन्द गर्ने तयारी
असोज ११ र १२ गतेको बाढीपहिरोले राजधानी जोड्ने अधिकांश सडकमा ठूलो क्षति पु¥याएकाले व्यवसायीहरूले अग्रिम बुकिङ बन्द गर्ने तयारी गरेका हुन्।काठमाडौं, असोज १५ : दशैंतिहारका लागि खुलेको बसको अग्रिम टिकट बुकिङ बन्द गर्ने तयारी भएको छ। यातायात व्यवसायीहरूले सरकारसँग छलफल गरेर अग्रिम टिकट बुकिङ गर्न लागेका हुन्।
यातायात व्यवस्था विभागको समन्वयमा गत शनिबारदेखि अग्रिम टिकट बुकिङ खुला गरिएको थियो।
तर, असोज ११ र १२ गतेको बाढीपहिरोले राजधानी जोड्ने अधिकांश सडकमा ठूलो क्षति पु¥याएकाले व्यवसायीहरूले अग्रिम बुकिङ बन्द गर्ने तयारी गरेका हुन्। बस चलाउन सक्ने अवस्था नभएकाले बुकिङ बन्द गर्ने तयारी भएको नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले बताए।
उनका अनुसार आजै सरकारी पक्षसँग छलफल गरेर बुकिङ बन्द गरिने छ
धेरै यात्रुहरूले १७ असोजदेखिको टिकट बुकिङ गरिसकेको बताउँदै बस सञ्चालनबारे के गर्ने भन्ने विषयमा पनि आजको छलफलबाट निष्कर्ष निस्किने वरिष्ठ उपाध्यक्ष सिटौलाले बताए।
पृथ्वी राजमार्ग आइतबार राति खेल आंशिक रुपमा सञ्चालनमा आए पनि सवारी साधान गन्तव्यमा पुग्न सकेका छैनन्। सोमबार साँझ गजुरीमा सुख्खा पहिरो गएपछि सडक अवरुद्ध छ।
यस्तै, गत शनिबारकै बाढीले क्षति पु¥याएको विपी राजमार्ग पूर्ण रुपमा बन्दछ। यो सडक तिहारअघि नै सञ्चालनमा आउने सम्भावना छैन। यस्तै अरनिको राजमार्ग पनि बन्द छ।