कांग्रेसले बोलायो संसदीय दलको बैठक
बैठकले समसामयिक विषयमा छलफल गर्नेछ।
काठमाडौं, असोज १४ । सत्तासाझेदार दल नेपाली कांग्रेसले संसदीय दल र संसदीय दलको कार्यसमिति बैठक बोलाएको छ।
मंगलबार दिउँसो संघीय संसद भवनमा बस्नेगरी संसदीय दल र संसदीय दल कार्यसमितिको बैठक बोलाइएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
उनका अनुसार दिउँसो १ बजे संसदीय दल कार्यसमितिको बैठक बसेपछि दिउँसो २ बजे संसदीय दलको बैठक बस्नेछ।
बैठकले समसामयिक विषयमा छलफल गर्नेछ।
प्रकाशित मिति: २०:०२ बजे, सोमबार, असोज १४, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार












