Kathmandu Press

प्रधानमन्त्री ओली स्वदेश फिर्ता 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएका ओली अहिले सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालय पुगेका छन्। उनले आजै मन्त्रिपरिषद् बैठक डाकेका छन्। 
प्रधानमन्त्री ओली स्वदेश फिर्ता 

काठमाडौं, असोज १४ : अमेरिका भ्रमण सकेर प्रधानमन्त्री केपी शर्मा ओली सोमबार स्वदेश फिर्ता भएका छन्। 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएका ओली अहिले सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालय पुगेका छन्। उनले आजै मन्त्रिपरिषद् बैठक डाकेका छन्। 

प्रधानमन्त्री ओली गत असोज ४ गते संयुक्त राष्ट्रसंघको ७९ औँ महासभामा भाग लिन अमेरिकाको न्युयोर्क गएका थिए। ओलीले असोज १० गते महासभालाई सम्बोधन गरेका थिए।
 
प्रकाशित मिति: १६:५५ बजे, सोमबार, असोज १४, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्