दुर्गा प्रसाईंविरूद्ध दुईवटा मुद्दा दर्ता
जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले मुद्दा दर्ता गरेको हो ।-1727069093.jpg)
काठमाडौं, असोज १४ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध सोमबार जिल्ला अदालत काठमाडौँमा साइबर कसुर अन्तर्गत दुईवटा मुद्दा दर्ता गरिएको छ ।
प्रहरीको साइबर ब्युरोको अनुसन्धान प्रतिवेदन अनुरुप जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले मुद्दा दर्ता गरेको हो । प्रसाईलाई असोज ६ मा भक्तपुरस्थित निवासबाट पक्राउ गरिएको थियो ।
एक युट्युब च्यानलमार्फत प्रसाईंले राष्ट्रिय स्वतन्त्र पार्टीमा आबद्ध एक महिला नेतृको चरित्रहत्या गरेको आरोपमा साइबर मुद्दा दायर गरिएको हो ।
ती महिलाविरुद्ध प्रसाईंले नाम नै किटेर आरोप लगाएपछि पीडितबाट साइबर ब्युरोमा उजुरी परेको थियो ।
प्रकाशित मिति: १९:२० बजे, सोमबार, असोज १४, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार












