अखिल क्रान्तिकारीको सम्मेलनमा कुटाकुट र कुर्सी हानाहान
काठमाडौँको कीर्तिपुरमा गत असोज १० गतेदेखि सुरु भएको २३औँ सम्मेलनमा सोमबार दुई पक्षविच कुटाकुट भएको हो।काठमाडौं, असोज १४ : नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलनमा कुटाकुट र कुर्सी हानाहान् भएको छ।
काठमाडौँको कीर्तिपुरमा गत असोज १० गतेदेखि सुरु भएको २३औँ सम्मेलनमा सोमबार दुई पक्षविच कुटाकुट भएको हो। उमेर हदको विषयमा विवाद सुरु भएपछि कुटाकुटको अवस्थामा पुगेको हो।
यसअघि पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विद्यार्थी नेताहरूलाई खुमलटार बोलाएर उमेरहदबारे पदाधिकारीविच मतदानबाट निर्णय गर्न निर्देशन दिए पनि विवाद समाधान हुन सकेको छैन। दुई पक्षविच २८, ३० र ३२ वर्षको उमेर हदबन्दीबारे लफडा भएको छ।
सम्मेलनस्थलमा कुर्सी हानाहान, कुटाकुट र तोडफोड भएको छ । दुई पक्षबीचको लफडाले अहिले सम्मेलनस्थलमा तनावको रुप लिएको छ। उमेर हदको लफडाका कारण निर्वाचन प्रक्रिया अझै सुरु भएको छैन।
प्रकाशित मिति: १५:५० बजे, सोमबार, असोज १४, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
चचहुई... [तस्बिरहरू]शनिबार, असोज २६, २०८१
राष्ट्रपति पौडेलबाट विजयादशमीको टीका ग्रहणशनिबार, असोज २६, २०८१
प्रधानमन्त्री ओलीले लगाए विजयादशमीको टीकाशनिबार, असोज २६, २०८१
राष्ट्रपतिले दिउँसो ३ः३० र पूर्वराजाले ४ बजेदेखि सर्वसाधारणलाई टिका लगाइदिनेशनिबार, असोज २६, २०८१