Kathmandu Press

प्रस्तावित राजदूत लम्सालविरुद्ध कार्यबहाक राजदूतले दिए उजुरी

उनलाई राजदूतमा रोक लगाउन इजरायलस्थित नेपाली राजदूतावासको कार्यवाहक राजदूत कुमारबहादुर श्रेष्ठले संसदीय सुनुवाई समितिमा उजुरी दिएका हुन्।
प्रस्तावित राजदूत लम्सालविरुद्ध कार्यबहाक राजदूतले दिए उजुरी

काठमाडौं, असोज १४ : बेल्जियमको लागि प्रस्तावित राजदूत सेवा लम्सालविरुद्ध कार्यबहाक राजदूतले नै उजुरी दिएका छन्। 

परराष्ट्र सचिव लम्साल संवैधानिक परिषदको सिफारिस अनुरुप बेल्जियमको राजदूत भएकी थिइन्। 

उनलाई राजदूतमा रोक लगाउन इजरायलस्थित नेपाली राजदूतावासको कार्यवाहक राजदूत कुमारबहादुर श्रेष्ठले संसदीय सुनुवाई समितिमा उजुरी दिएका हुन्। उजुरीमा सहसचिव हुँदादेखि नै लम्सालले कर्मचारीमाथि विभेद गरेको दाबी गरिएको छ। 

लम्सालबाट श्रेष्ठ आफैँ पनि विभेदको सिकार भएको उजुरीमा बताएका छन्। आफु दुईपटकसम्म ‘ग’ वर्गमा काम गरे पनि पुनः सोहीसरहकै दूतावास इजरायल सरुवा गरेको उजुरीमा उल्लेख छ।

आफ्नो अवधि पुगेपछि पनि योग्यता पुग्ने दूतावासमा मागेको सरुवामा समेत सनुवाइ नगरी पूर्वाग्रह र विभेद गरेको दाबी उजुरीमा छ। 

नेपालीहरूको समस्या समाधानमा कूटनीतिक क्षमता र प्राथमिकता नरहेको भन्दै लम्सालमा राजदूत पदका लागि अयोग्य भएको प्रश्न समेत उजुरीमा उठाइएको छ। 
 

प्रकाशित मिति: १५:३८ बजे, सोमबार, असोज १४, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्