Kathmandu Press

थुनामा रहेका पूर्व डिआइजीको रिहाईका लागि रिट

जोशीलाई गैरकानुनी थुनामा राखेको दाबी गर्दै आफन्तले बन्दी प्रत्यक्षीकरण रिट दर्ता गरेका हुन्। 
थुनामा रहेका पूर्व डिआइजीको रिहाईका लागि रिट

काठमाडौं, असोज १४ : सहकारी ठगीको आरोपमा पक्राउ परेका पूर्व डीआईजी छविलाल जोशीलाई थुनामुक्तिको माग राखेर सर्वोच्च अदालतमा वन्दीप्रत्यक्षकरण रिट निवेदन दर्ता भएको छ। 

जोशीलाई गैरकानुनी थुनामा राखेको दाबी गर्दै आफन्तले बन्दी प्रत्यक्षीकरण रिट दर्ता गरेका हुन्। 

जोशीकोहकमा रोचक जोशीले रिट दर्ता गरेका छन् । जोशीलाई पोखराको सूर्यदर्शन सहकारी संस्थाको रकम गोर्खा मिडियामा लगेर अपचलन गरेको आरोपमा पक्राउ गरिएको  थियो। 

संसदीय छानबिन विशेष समितिले दिएको प्रतिवेदनमा जोशीलाई पनि कारबाही गर्न सिफारिस गरिएको छ। 
 
प्रकाशित मिति: १५:२० बजे, सोमबार, असोज १४, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्