प्रधानन्यायाधीशमा सिफारिस राउतविरुद्ध ६ वटा उजुरी
असोज ३ गते प्रधानन्यायाधीशमा सिफारिस राउतविरुद्ध सार्वजनिक उजुरी आह्वान गरिएको थियो। आइतबारसम्म ६ वटा उजुरी दर्ता हुन आएका छन्।
काठमाडौं, असोज १४ : प्रधानन्यायाधीशमा सिफारिस प्रकाशमान सिंह राउतविरुद्ध संसदीय सुनुवाइ समितिमा ६ वटा उजुरी दर्ता भएका छन्।
संवैधानिक परिषद्ले गत भदौ ३१ गते राउतलाई प्रधानन्यायाधीशमा नियुक्त गर्न सिफारिस गर्दै संसदीय सुनुवाईमा पठाएको थियो।
असोज ३ गते प्रधानन्यायाधीशमा सिफारिस राउतविरुद्ध सार्वजनिक उजुरी आह्वान गरिएको थियो। आइतबारसम्म ६ वटा उजुरी दर्ता हुन आएका छन्।
संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीश र राजदूतहरुबारे उजुरी तथा सूचनाहरू खोलेर छलफल गरेपछि प्रक्रिया अघि बढ्ने भएको छ। उजुरीको प्रकृतिबारे समितिको अध्ययनपछि मात्र खुलासा हुने छ ।
प्रकाशित मिति: १४:१८ बजे, सोमबार, असोज १४, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार